काठमाडौं, ६ पुस ||
कानून, न्याय तथा मानव अधिकार समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल प्रारम्भ भएको छ । समितिको शुक्रवारको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल प्रारम्भ भएको हो । शुक्रवारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङ लगायत समिति सदस्यहरुले आगामी दिनमा विधेयकमाथिको छलफललाई कसरी अगाडी बढाउने भन्ने सन्दर्भमा धारणा राख्नुभएको थियो । समिति सभापति बिमला सुवेदीले समितिको आगामी बैठकबाट विधेयकमाथि दफाबार छलफल हुने बताउनु भयो । उहाँले आगामी दिनमा विधेयकमाथि संशोधन प्रश्ताव प्रश्तुतकर्ता सदस्यहरुसँग छलफल, विधेयकका सरोकारवाला मन्त्रालय÷निकायहरुसँग छलफल र विधेयकका सरोकारवाला संघ, संस्था वा समूहहरुसँग छलफल हुने बताउनु भयो । त्यसपछि विधेयकका विषयमा दफावार छलफल, प्रतिवेदन लेखन र विधेयकको प्रतिवेदन पारितको कार्यसूचि रहेको उहाँले बताउनु भयो ।
समिति सभापति सुवेदीले अब समितिको बैठक सार्वजनिक बिदाको दिन बाहेक नियमित रुपमा बस्ने भन्दै बैठकमा अनिवार्य उपस्थितिका लागि सांसदहरुलाई आग्रह गर्नुभयो । समितिको आगामी बैठक पुस ८ गते आईतवार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।
कानून समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल प्रारम्भ
ताजा समाचार
सात महादेशको हिमाल आरोहण गर्दै प्रकाश
५ घन्टा अघि
रविको मुद्दामा सुरु भयो थुनछेक बहस
६ घन्टा अघि
भरुवा बन्दुकसहित पाँचजना पक्राउ
१ दिन अघि