ओलीले भने–नेतृत्वकर्ताहरु सत्ता र स्वार्थ केन्द्रित हुँदा देश पछि प¥यो | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

ओलीले भने–नेतृत्वकर्ताहरु सत्ता र स्वार्थ केन्द्रित हुँदा देश पछि प¥यो

काठमाडौं,२८ मंसिर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्वकर्ताहरु सत्ता र स्वार्थ केन्द्रित हुँदा देश पछि परेको बताउनुभएको छ ।

मध्यपहाडी लोकमार्ग यात्रा अन्तर्गत भोजपुरमा आयोजित कार्यक्रमलाई बुधवार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कुनै श्राप परेर नेपाल पछि परेको नभइ सत्ता स्वार्थ,स्वार्थमा मात्रै केन्द्रित भएर राजनीति, अर्थनीति, सामाजिक नीति र त्यसमै केन्द्रित भएको संस्कृति चलाएपछि देशको विकास हुन नसकेको जिकिर गर्नुभयो । उहाँले नेपाल गरिव हुनुको कारण सत्तासीनहरुको स्वार्थीपन, सत्ता स्वार्थ, लुटेरा प्रवृत्ति, आफू धनी हुने, जनता नहेर्ने, देश नहेर्ने, विकासमा रुची नहुनु र चासो नहुनु रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकार उपयुक्त बनेन भने, दृष्टिकोण भएको सरकार बनेन भने, देशप्रति इमान्दार सरकार बनेन भने जनता र जनताका हीतहरुप्रति सरकार जवाफदेही भएन भने देश गरिब हुन्छ । पछाडि पर्छ । कुनै श्राप परेर हाम्रो देश पछि परेको होइन । सत्ता स्वार्थ भएर आत्मकेन्द्रित भएर, स्वार्थमा मात्रै केन्द्रित भएर राजनीति, अर्थनीति, सामाजिक नीति र त्यसमै केन्द्रित भएको संस्कृति चलाएपछि देशको विकास कसरी हुन्छ । नेपाल गरिव हुनुको कारण सत्तासीनहरुको स्वार्थीपन, सत्ता स्वार्थ, लुटेरा प्रवृत्ति, आफू धनी हुने, जनता नहेर्ने, देश नहेर्ने, विकासमा रुची नहुने, चासो नहुने त्यसकारण हो ।’

 

अध्यक्ष ओलीले उपयुक्त, दृष्टिकोण भएको, जनता र जनताका हीतहरुप्रति जवाफदेही सरकार बनेन भने देश गरिव हुने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);