काठमाडौं, २७ मंसिर । नक्कली कागजात बनाएर विदेश पठाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा थप २ जना पक्राउ परेका छन् ।
फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने समुहमा संम्लग्न त्रिभुवन विमानस्थलका अधिकृतहरु अरविन्द यादव र विश्वनाथ कोइरालालाई प्रहरीले पक्राउ गरेको हो ।
यस अघि नै नेपाल वायुसेवा निगममा कार्यरत अधिकृत होमनाथ पोखरेल पक्राउ परेका हुन् । अहिले उनीमाथि अनुसन्धान भइरहेको छ ।
भिजिट भिसामा विदेश जानेहरुसँग शंकास्पद कागजात भेटिएपछि अनुसन्धान गर्दै जादा फर्जी कागज बनाउने गिरोहको कारखानासम्म प्रहरी पुगेको थियो ।
अधिकृतहरुले गिरोहसँग मिलेर आर्थिक लाभ लिने गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।