काठमाडौं, मंसिर ६ ||
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका कारण बढ्दै गइरहेको प्राकृतिक विपत्तिसँग जुध्नका लागि भौतिक पूर्वाधारको क्षेत्रमा विशेष शतर्कता अपनाउनु जरुरी रहेको बताउनुभएको छ । बुधवारबाट काठमाडौंमा शुरु भएको एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरुको छाता संस्था इन्टरनेशनल फेडेरेशन अफ एशियन एण्ड वेस्ट्रन प्यासिफिक कन्ट्याक्टर्स इफाप्काको ४६ औं अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले गर्दै यस्तो बताउनुभएको हो । कुनैपनि मुलुकको आर्थिक विकासमा भौतिक पूर्वाधारले महत्वपूर्ण भुमिका खेल्ने उल्लेख गर्दै राष्ट्रपति पौडेलले पृथ्वी रहे मात्र हामी रहन्छौं भन्ने मान्यतालाई आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो । प्रकृतिमैत्री दिगो पूर्वाधार निर्माणका लागि उहाँले आह्वान गर्नुभयो । राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको एजेण्डालाई प्राथमिकताका साथ उठान गर्न आवश्यक रहेको भन्दै कार्वन उत्सर्जनमा कटौती गरी प्रकृति सुहाउँदा पूर्वाधार निर्माणमा जुट्नु पर्ने बताउनुभयो । राष्ट्रपति पौडेलले विश्व अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण व्यवसायीहरूको भुमिका महत्वपूर्ण हुने भन्दै संकटग्रस्त अर्थतन्त्रलाई सही बाटोमा ल्याउन सकारात्मक भुमिका खेल्न आग्रह गर्नुभयो ।०००
प्रकृतिमैत्री दिगो पूर्वाधार निर्माणका लागि राष्ट्रपति पौडेलको आह्वान
ताजा समाचार
नागरिकका समस्या समाधानमा सरकार असफलः नेकपा
१६ घन्टा अघि





