काठमाडौं, ५ कात्तिक । द्धन्द्धग्रस्त इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये एकजनाको शव आज नेपाल आइपुगेको छ ।
तेलअविवस्थित नेपाली दूतावासले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर ४ जनाको शव एकैपटक आज दिउँसो १ः२५ बजेको फ्लाई दुबईको उडानबाट नेपाल पठाइने भनिएकोमा दिपेशराज विष्टको शव बिहानै काठमाडौं आइपुगेको हो ।
दूतावासका अनुसार फ्लाई दुबईकै उडन एफजेड ८३५१ मार्फत् काठमाडौंसम्म पुग्ने गरी व्यस्था मिलाइएको छ । उडान कार्यतालिका अनुसार शव आइतबार बिहान काठमाडौं आइपुग्ने छ । नेपाली दूतावासले प्रेस विज्ञप्तिमार्फत् अन्य शव पहिचानको काम भइरहेको जानकारी दिएको छ ।
सम्पर्कविहीन रहेका विपिन जोशीको पनि खोजी भइरहेको दूतावासले जनाएको छ ।