सन्दीपविरुद्धको मुद्दा आज पनि स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

सन्दीपविरुद्धको मुद्दा आज पनि स्थगित

काठमाडौं, २५ असोज । क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको जबरजस्तीकरणीको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ । गोला प्रक्रियाका क्रममा मुद्दा स्थगित भएको जिल्ला अदालत काठमाडौंले जनाएको छ ।

असोजमा दुई पटक पेसी चढेपनि स्थगित हुँदै आएको थियो । सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो ।

न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेको मागबमोजिम विदेश जान अनुमति दिँदै बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतलाई शीघ्र सुनुवाइ (फास्ट ट्रयाक) तथा निरन्तर सुनुवाइ (कन्टिनियस हेयरिङ) का प्रक्रिया अवलम्बन गरी छिटो कारबाही किनारा गर्नू भनी आदेश दिएको थियो।

उक्त आदेश दिएको ७ महिना पूरा हुँदा पनि जिल्ला अदालतले फाइनल बहस गराउन सकेको छैन ।

 

Leave a Reply