काठमाडौं, २३ असोज ||
नेपाली काँग्रेसका सांसद प्रकाशमान सिंहले इजरायलले सर्वसाधारणलाई सूचना नदिकन आक्रमण गरे हमासले कब्जामा रहेकालाई हत्या गर्ने धम्की दिइरहेको भन्दै यसबारेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मंगलवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसद सिंहले सो बारेमा नेपाल सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले इजरायल घटना संवेदशील भएकाले सयम समयमा नेपाल सरकारले त्यहाँको स्थितिको बारेमा ध्यानाकर्षण गराउन आग्रह गर्नुभयो । उहाँले स्वदेश फर्किन चाहने नेपालीहरुलाई आवश्यक प्रवन्ध मिलाइ चाँडो भन्दा चाँडो ल्याउन आग्रह गर्नुभयो । उहाँले युद्ध अझै चर्किनसक्ने अनुमान रहेकाले नेपालीहरुलाई चाँडो स्वदेश फर्काउन आग्रह गर्नुभयो ।
नेता सिंहले इजरायलस्थित दुतावासलाई थप निर्देशन दिनुपर्ने बताउनु भयो ।