महानगरको चेतावनी लत्याउँदै काठमाडौँका शिक्षक,बिदामा पढाएर क्षतिपूर्ति दिने निर्णय | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

महानगरको चेतावनी लत्याउँदै काठमाडौँका शिक्षक,बिदामा पढाएर क्षतिपूर्ति दिने निर्णय

काठमाडौं, ४ असोज । काठमाडौँ महानगरपालिकाको निर्देशन र चेतावनी विपरित महानगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले स्कुल बन्द गरेरै शिक्षा विधेयकविरुद्धको आन्दोलनमा सहभागि हुने निर्णय गरेका छन् ।

उपत्यकाका प्रधानाध्यापकहरूको बैठकले विद्यार्थीलाई पुग्ने शैक्षिक क्षति अन्य बिदाका दिनमा पढाएर पूर्ति गर्ने निर्णय गर्दै स्कुल बन्द गरेरै आन्दोलनमा सहभागि हुने जनाएका छन् । विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को खारेजीका लागि नेपाल शिक्षक महासंघले काठमाडौँ केन्द्रित आन्दोलन गरी देशभरीका विद्यालय अनिश्चित रूपमा बन्द गरी सशक्त आन्दोलनमा जाने भनी सुरू गरेको कार्यक्रमको समर्थन रहेको उपत्यकाका प्रधानाध्यापकहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

साथै अर्को सूचना नआएसम्मका लागि काठमाडौँ महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको बैठकले माइतीघर मण्डलमा नियमित हाजिर हुने गरी सम्पूर्ण शिक्षक कर्मचारीहरू उपस्थित हुन अनुरोध गर्ने निर्णय गरेको पनि विज्ञप्तीमा उल्लेख छ । काठमाडौँ महानगरपालिकाले भने पठनपाठन रोके कारबाही गर्ने चेतावनी दिइसकेको छ। यसअघि काठमाडौं महानगरपालिकाकाका प्रमुख बालेन्द्र साहले शिक्षा विधेयकमा असहमति रहेको तर विधेयकको विरोधमा स्कुल नै बन्द नगर्न अनुरोध गर्दै कारबाही हुने चेतावनी दिइसक्नु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);