विश्वप्रकाशको सुझाव –‘महासमितिको बैठकबाट साझा दृष्टिकोण निर्माण' | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

विश्वप्रकाशको सुझाव –‘महासमितिको बैठकबाट साझा दृष्टिकोण निर्माण’

काठमाडौं, २ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा पार्टीको इतर समुहले बोलाएको बैठकमा नजाने भएका छन् । महासमितिको बैठकबाट साझा दृष्टिकोण निर्माण हुनुपर्ने उनको भनाइ छ ।

उनले सामाजिक सञ्जालमापर्फत पार्टीको नीति,गति र मति उपर साझा दृष्टि निर्माणको समय भएको पनि उल्लेख गरेका छन् । सो कार्यका लागि आफू संयोजन र सम्पादन गर्नुपर्ने जरुरी विषयहरुप्रति सजय रहेको पनि स्पष्ट पारेका छन् । उनले आज बिहानैमात्र ३ पटक ट्विट गरेका छन् । पहिलो ट्विटमा शर्माले दलहरुमा फरक विचार र विचार समुह हुनु स्वभाविक हो र कांग्रेसमा पनि छ । यो अभ्यासलाई हार्दिक ढंगले लिइनुपर्ने उनको तर्क छ ।

शर्माले दोस्रो ट्विटमा समय चेत बुुझ्न र हाँक्न सक्ने सभापति र अबको प्रधानमन्त्री भन्दै उनल सार्थक बहस र तार्किक निष्कर्ष क्रमश खोज्नुपर्ने बताएका छन् । त्यस्तै, तेस्रो ट्विटमा लेखेका छन् ।‘महासमिति मार्फत यी प्रश्नको निरुपणले देशलाई मार्ग दिन्छ ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);