काठमाडौं, २९ भदौ । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश बिनोद शर्माको नाम संसदीय सुनवाई समितिले अनुमोदन गरेको छ ।
आज बिहान बसेको संसदीय समितिको बैठकले शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।
समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले न्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ । उनीविरुद्ध एउटा पनि उजुरी परेको छैन् ।