पार्टीको बहुपदीय नेतृत्वबारे सोच्नुपर्ने बेला आयो : डा.कोइराला | ईमाउण्टेन समाचार

Our Network

साउन २४ २०८३, सोमबार

पार्टीको बहुपदीय नेतृत्वबारे सोच्नुपर्ने बेला आयो : डा.कोइराला

काठमाडौं, २७ भदौ । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले सभापति र महामन्त्रीहरू दुई ध्रुवमा बाँडिएकाले पार्टी सञ्चालनमा समस्या भएको टिप्पणी गर्नुभएको छ । बुधबार धुलिखेलमा आयोजित एक कार्यक्रममा नेता कोइरालाले पार्टीको बहुपदीय नेतृत्वबारे सोच्नुपर्ने बेला आएको बताउनुभयो ।

अहिले कांग्रेसका सभापति र दुई जना महामन्त्री दुई ध्रुवमा बाँडिएको भन्दै उहाँले यसरी बाँडिँदा पार्टी कसरी चल्छ भनेर प्रश्न गर्नुभयो । नेता कोइरालाले पार्टीमा देखिएको समस्याबारे गम्भीरतापूर्वक सोच्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो । सभापतीय प्रणाली हो भने त्यही हिसाबले हिँड्नु पर्ने नभए कुनै उपाय खोज्नुपर्ने उहाँको भनाइ छ । विपीका पालामा प्रेसिडेन्सियल प्रणाली भए पनि चलिराखेकै थियो भन्दै नेता कोइरालाले बहुपदीयलाई खराब नमाने पनि यसले आफूहरुलाई बिगारिराखेको जिकिर गर्नुभयो ।

कांग्रेसको गत महाधिवेशनमा शेखरलाई हराएर शेरबहादुर देउवा सभापति निर्वाचित हुनुभएको थियो । एक महामन्त्रीमा शेखर प्यानलका गगन थापा निर्वाचित हुँदा अर्को महामन्त्रीमा विश्वप्रकाश शर्मा विजयी हुनुभएको थियो । सभापति देउवाको प्यानलका दुबै महामन्त्री उम्मेदवार पराजित भएका थिए । ०००

Leave a Reply