गौहत्या विरोधमा आज राप्रपाले प्रदर्शन गर्दै | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८२, बिहीबार

गौहत्या विरोधमा आज राप्रपाले प्रदर्शन गर्दै

काठमाडौं, २७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबिरुद्ध प्रदर्शन गर्दैछ । गौहत्याको बिरोध गर्न, सामाजिक सद्भाव कायम गर्न, हिन्दुराष्ट्र र राजसंस्थाको पुनः स्थापना, संघीयताका खारेजी, भ्रष्टाचार नियन्त्रण, भ्रष्टाचार काण्डहरुको पूर्ण छानबिन, सुशासनको प्रत्याभुति, शिथिल अर्थतन्त्रमा सुधार र स्वदेशमा रोजगारी सिर्जना, मूल्यवृद्धि नियन्त्रण गरी जनतालाई राहत प्रदान गरिनुपर्ने लगायतका विषयमा सरकारबिरुद्ध प्रदर्शन गर्न लागेको हो ।

राप्रपाले भृकुटीमण्डपमा सो प्रदर्शन गर्ने जनाएको छ । सो बिरोध प्रदर्शन १२ बजेबाट सुरू हुनेछ । राप्रपाले गौ हत्या बढे पछि बिरोध स्वरूप प्रदर्शन गर्दै आएको छ । सोही क्रममा आज काठमाडौंमा प्रदर्शन गर्न लागेको हो ।

आन्दोलनमा राप्रपासहित विभिन्न धार्मिक संघ, संगठनहरुको पनि सहभागिता रहने जनाइएको छ ।

Leave a Reply