बङ्गालको खाडीमा शक्तिशाली भूकम्प, सुनामी आउने सम्भावना कति ? | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

बङ्गालको खाडीमा शक्तिशाली भूकम्प, सुनामी आउने सम्भावना कति ?

नयाँ दिल्ली,२५ भदौ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार राति बंगालको खाडीमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको थियो । सोमबार दिउँसो १ बजेर २९ मिनेटमा भूकम्प गएको हो ।

भूकम्पको गहिराई ७० किलोमिटर रहेको छ । यसअघि अफगानिस्तान र तिब्बतमा पनि भूकम्पका कारण धरती काँपिएको थियो । शुक्रबार राति आएको विनाशकारी भूकम्पले मोरक्कोमा ठूलो जनधनको क्षति गरेको छ ।
एनसीएसले सोसल मिडिया प्लेटफर्म एक्समा सोमबार बिहान १ः२९ बजे भूकम्प गएको जनाएको छ । यसको तीव्रता ४.४ थियो। भूकम्पको गहिराई ७० किलोमिटर थियो ।

यसअघि अफगानिस्तानमा ६७ किलोमिटर गहिराईमा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । यो भूकम्प १० सेप्टेम्बर १०ः५० मिनेट ५१ सेकेन्डमा आएको थियो। सोही दिन तिब्बतको जिजाङमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।

यसको तीव्रता रिक्टर स्केलमा ४.० मापन गरिएको थियो। भूकम्पको गहिराई १० किलोमिटर थियो । बिहान ५ बजेर ४० मिनेट ५५ सेकेण्डमा भूकम्प गएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);