आजदेखि एमसीसी कार्यान्वयनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८२, बुधवार

आजदेखि एमसीसी कार्यान्वयनमा

काठमाडौं, १३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १२ बुँदे व्याख्यात्मक घोषणालाई एमसीसी सम्झौताको अंश बनाउने कि नबनाउने भनेर अमेरिकी अधिकारीलाई सोध्ने बताउनुभएको छ ।

एमसीसी परियोजना आजदेखि कार्यान्वयनमा जाँदैछ । त्यसका लागि एमसीसी सम्झौता कार्यान्वयनसम्बन्धी उपाध्यक्ष क्यामरुन एलफोर्ड नेपाल आइपुग्नुभएको छ । त्यसको अघिल्लो दिन मंगलबार प्रधानमन्त्री प्रचण्डले एमसीसी सम्झौता अनुमोदनका क्रममा संसदले पास गरेको १२ बुँदे ब्याख्यात्मक घोषणा कार्यान्वयन हुनेमा भने शंका रहेको भनेपछि राजनीतिक तरंग उत्पन्न भएको छ ।

समाजवादी मोर्चाले बुटवलमा आयोजना गरेको सन्देश सभामा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले एमसीसीबारे आफूले धेरै बोल्दा फाइदा नगर्ने टिप्पणी गर्नुभयो । एमसीसी अनुमोदन गर्ने क्रममा आफूले के–के गरेँ भनेर फेहरिस्त पेश गर्ने हो भने नेपालको परराष्ट्र नीतिको सन्तुलन बिग्रिने खतरा रहेको भन्दै उहाँले राष्ट्रिय हित, स्वाधिनता र सार्वभौमसत्ताको रक्षाका लागि जनयुद्धको बेला झै लडिरहेको उल्लेख गर्नुभयो ।

अनुदान दिएर नेपालमा विकास गर्छौं भन्नेको अनुदान पनि लिने र राष्ट्रिय हित पनि प्रवर्द्धन हुने उपायको खोजी गर्ने क्रममा व्याख्यात्मक घोषणा गरिएको प्रधानमन्त्री प्रचण्डको दाबी छ । संसदबाट सर्वसम्मत रुपमा पास भएको १२ बुँदे व्याख्यात्मक घोषणा सदनको सम्पत्ति भएको उहाँको भनाइ छ । आफूले अमेरिकी अधिकारीसँग व्याख्यात्मक घोषणालाई सम्झौताको अंश बनाउने हो वा होइन सिधा भाषामा सोध्ने र त्यसपछि के गर्नुपर्छ भनेर मोर्चामा सल्लाह गर्ने बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);