काठमाडौं । समाजवादी मोर्चाले प्रदेश स्तरमा घोषणा सभाको आयोजना गर्ने भएको छ ।
सोमवार नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कार्यालयमा बसेको मोर्चाको बैठकले भदौ ८ गतेबाट प्रदेश स्तरमा घोषणा सभा गर्ने निर्णय गरेको हो । नेकपाका महासचिव नेत्रविक्रम चन्दले मोर्चाको बैठकमा समाजवादी मोर्चाको कामलाई प्रभावकारी बनाएर लैजाने बारेमा छलफल भएको जानकारी दिनु भयो ।
नेकपा (एकीकृत समाजवादी) का नेता प्रमेश हमालले ८ गते मधेस प्रदेशको वीरगञ्जमा, १२ गते लुम्बिनीको बुटवल, १३ गते सुदूरपश्चिमको धनगढी, १४ गते कर्णालीको सुर्खेत, १५ गते गण्डकीको पोखरा, २३ गते वागमतीको हेटौंडा र २५ गते कोशीको विराटनगरमा घोषणा सभा गर्ने जानकारी दिनुभयो । बैठकमा समसामयिक राजनीति र समाजवादी मोर्चाको भुमिकाको बारेमा छलफल भएको पनि नेता हमालले बताउनु भयो ।
मोर्चामा सत्तारूढ नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सहभागी छन् ।०००