रोकिएको कित्ताकाट खुला गर्ने गरि भू–उपयोग नियमावली पारित | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

रोकिएको कित्ताकाट खुला गर्ने गरि भू–उपयोग नियमावली पारित

काठमाडौं । सरकारले रोकिएको कित्ताकाट खुला गर्ने गरि भू–उपयोग नियमावली पारित गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रोकिएको कित्ताकाट, नामसारीलगायत सबै काम फुकाउने गरि भू–उपयोग नियमावली पारित गरेको हो । नियमावली पारित भएसँगै कित्ताकाटमा देखिएका अप्ठेरा र झमेलाबाट मुक्त भई सहज रुपमा काम अघि बढ्ने विश्वास गरिएको छ ।

त्यस्तै बैठकले गोरखामा एक व्यक्तिको घरमा फेला परेकोे टल्किने ढुङ्गा ‘क्वार्ज क्रिस्टल’ गोरखा दरबार परिसरमा प्रतिस्थापन गर्ने र ढुंगा संरक्षण गर्ने व्यक्तिलाई पुरस्कृत गर्ने निर्णय पनि गरेको छ । साथै मन्त्रिपरिषद्को बैठकले काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक)को विस्तृत परियोजना रिपोर्ट (डीपीआर) संशोधन गरेको छ । द्रुत मार्गको डीपीआर परिवर्तन भएसँगै करिब २ अर्ब लागत घट्ने बताइएको छ ।

डीपीआर परिवर्तन गरिएपछि द्रुत मार्गका केही घुम्ती कम भएर सिधा हुने बताइएको छ । द्रुतमार्गको लम्बाई साढे ७२ किलोमिटर छ । निर्माण सुरु भएको ६ वर्षमा भौतिक प्रगति २५.५४ प्रतिशत मात्रै छ ।

६ वर्षमा ५२ अर्ब ८९ करोड रुपैयाँ खर्च भइसकेको छ । २०८१ मंसिरसम्म काम सक्ने भनिएपनि नसकिने देखिएपछि ८३ चैतसम्म मन्त्रिपरिषद्बाट निर्णय गराएर आयोजनाको म्याद थप गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);