नेपाली सेनाद्वारा बर्जुवाताल संरक्षण समितिलाई हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

पुष २९ २०८१, सोमबार

नेपाली सेनाद्वारा बर्जुवाताल संरक्षण समितिलाई हस्तान्तरण

दिनेश खड्का,१८ वैशाख सुनसरी ।
सुनसरीको चिमडीमा रहेको बर्जुताललाई व्यवस्थित र पुनःनिर्माण गरी नेपाली सेनाले ताल संरक्षण समितिलाई हस्तान्तरण गरेको छ । बर्जु गाउपालिकामा रहेको उक्त ऐतिहासीक ताललाई नेपाली सेनाको एक टुकडिले १० महिना देखि रेखदेखि गरी पुनः निर्माणको कार्य गरीरहेको थियो ।

नेपाली सेनाद्वारा बर्जुवाताल संरक्षण समितिलाई हस्तान्तरण

दिनेश खड्का,१८ वैशाख सुनसरी ।

सुनसरीको चिमडीमा रहेको बर्जुताललाई व्यवस्थित र पुनःनिर्माण गरी नेपाली सेनाले ताल संरक्षण समितिलाई हस्तान्तरण गरेको छ । बर्जु गाउपालिकामा रहेको उक्त ऐतिहासीक ताललाई नेपाली सेनाको एक टुकडिले १० महिना देखि रेखदेखि गरी पुनः निर्माणको कार्य गरीरहेको थियो । संरक्षण नहुँदा बर्जु ताल घासपातले पुरिएर गौचरणमा परिणत भएको थियो भने अतिक्रमणका कारण समेत तालको अस्थित्व हराउन लागेको अवस्थामा तालको पुनःनिर्माण र रेखदेख गर्ने जिम्मा नेपाली सेनालाई दिईएको थियो ।

 

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको आर्थिक सहयोगमा नेपाली सेनाको श्री १ नम्वर राष्ट्र विकास गणको प्राविधिक सहयोगमा ताललाई पुनसंरचना गरिएको हो । ताल हस्तान्तरण समारोहलाई सम्वोधन गर्दै बन मन्त्री शंकर भण्डारीले नेपालमा रहेका प्राकृतिक सम्पदालाई प्रबद्धन गर्न सरकारले थप २० वर्ष तराई मधेश चुरे क्षेत्रको गरु योजना वनाउन तिर लागिरहेको वताउनु भयो । यो योजना पारित भएसगै नेपालमा रहेका ताल तलैया, पहाड, वन लगाएतको प्रकृतिक सम्पदाको प्रबद्धन हुने र उक्त क्षेत्रको विकास समेत हुने मन्त्रि भण्डारीले धारणा समेत व्यक्त गर्नुभयो ।

 

राष्ट्पति चुरे तराई मधेश क्षेत्र संरक्षण कोषको ३ करोड ६६ लाख १ हजार रुपियाँको लागतमा प्राचीन एवम ऐतिहासिक बर्जुताललाई पर्यटकीय महत्वको स्थलका रुपमा विकसीत गरिएको छ । नेपाली सेनाले उक्त बर्जु तालमा तीन वटा टापु सहितको ताल , तालको विचमा शिवालय , पिकनिक स्पट ,शौचालय , खानेपानी लगायतका भौतिक संरचना निर्माण गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);