काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले सत्तापक्ष र प्रतिपक्षबीच बार्गेनिङ चलिरहेको आरोप टिप्पणी गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन काण्डको छानबीनका लागि संसदीय समिति बनाउन माग गर्दै लामो समय देखि संसद अवरुद्ध गर्दै आएको छ । सोहि विषयलाई लिएर टिप्पणी गर्दै लामिछानेले समाजिक सञ्जाल मार्फत यस्तो टिप्पणी गरेका हुन् ।
‘वर्षौं देखि देशलाई कसरी प्यारलाईज्ड् गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं। कयौं कानुन बनाउनु पर्ने छ, कयौं कानुनमा संशोधन छ्न्। जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु छ। तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ। दुःखद’