माओवादी केन्द्रको बैठक आज पनि, केन्द्रीय सदस्यहरुले धारणा राख्ने | ईमाउण्टेन समाचार

Our Network

असोज ७ २०८१, सोमबार

माओवादी केन्द्रको बैठक आज पनि, केन्द्रीय सदस्यहरुले धारणा राख्ने

काठमाडौं, १९ साउन । बुधबारदेखि चलेको नेकपा (माओवादी केन्द्र) का केन्द्रिय समितिको बैठक आज पनि जारी रहनेछ । बैठकमा केन्द्रीय सदस्यहरुले पार्टी विधिसम्मत रुपले नचलेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । बुधबार र बिहीबार ५० भन्दा बढी नेताहरुले आफ्नो धारणा राखिसकेका छन् । आज बाँकी नेताहरुले धारणा राख्नेछन् ।

केन्द्रिय कमिटी बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले पार्टी विधान अनुरुप नचलेको भन्दै कार्यशैलीमा रुपान्तरण गर्नुपर्ने बताएका हुन् । उनीहरुले पार्टीले बनाएको योजनाहरु कार्यान्वयन नहुने समस्या रहेको पनि बताए । बैठकस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै केन्द्रिय सदस्य बलावती शर्माले पार्टीलाई विधि, विधानमा चलाउन नसकिएको बताइन् ।

उनले महाधिवेशनले नीति र विधि बनाएपछि कार्यान्वयनमा जाँदा भत्किने गरेको बताइन । सांगठनिक रुपमा पनि पार्टी भद्रगोल भएको भन्दै पार्टी संगठनलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । त्यस्तै पार्टीको तल्लो कमिटीदेखि नै निर्वाचित भएर नेतृत्वमा आउने व्यवस्था गर्नुपर्नेमा उनले माग गरिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);