काठमाडौं, १४ साउन । झापामा पछिल्लो ३ घण्टामा अत्यधिक वर्षा भएको छ ।
झापाको केचना वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टामा अति भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ ।
सो क्षेत्र भई बहने स–साना खोलामा बाढीको जोखिम, तटीय डुबान भइरहने होचा भूभागमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।