सुरेश अधिकारीले मागे माफी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

सुरेश अधिकारीले मागे माफी

काठमाडौं । गीतकार एवं संगीत रोयल्टी समाजका अध्यक्ष सुरेश अधिकारीले माफी मागेका छन् ।

गत साउन १ गते संगीतकार सुरेश अधिकारीले रोयल्टी विवादलाई लिएर रेडियोकर्मीविरुद्ध फेसबुकमा स्टाटस लेखेका थिए । जसमा केही ‘अमर्यादित’ शब्दहरु प्रयोग गरिएको थियो ।

उनले स्टाट्समा प्रयोग गरेको ‘अमर्यादित’ शब्दहरुप्रति आपत्ति जनाउँदै नेपालका स्वतन्त्र रेडियो सम्वद्ध छाता संगठन, रेडियो ब्रोडकास्टर्स फोरम (आरबीएफ) नेपाल, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बीएएन) र सामुदायिक रेडियो प्रसारक संघ (अक्योराब) द्वारा नेपाल सरकारसँग आमसञ्चार गृहको सुरक्षाको माग गरेर संयुक्त विज्ञप्ति जारी गरेका थिए ।

अधिकारीको शो अभिव्यक्तिपछि निजी तथा सामुदायिक एफ एम रेडियो सञ्चालकहरुका तीन संस्थाले उनका सबै गीतहरु बहिष्कार गर्ने घोषणा गरेका थिए ।

विवाद बढ्दै जाने देखेपछि अधिकारीले आफुले गरेको गल्तीमा क्षमायाचना गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);