थापा नेतृत्वको कोशी सरकारको भविष्य आज निर्धारण हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८२, शनिबार

थापा नेतृत्वको कोशी सरकारको भविष्य आज निर्धारण हुँदै

काठमाडौं,११ असार । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध दायर रिटमा आज फैसला आउने भएको छ । मुख्यमन्त्रीको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा नेकपा एमालेका नेता हिक्मत कार्कीले रिट निवेदन दर्ता गराएका थिए ।

बुधबार पनि सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा उक्त रिट निवेदनमाथिको बहस सकिएको हो ।

इजलासले बुधबार सुनुवाइ सकेकोले बिहीबार फैसला सुनाउने बुझिएको छ । आज आउने फैसलाले उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकारको भविष्य निर्धारण गर्नेछ ।

Leave a Reply