काठमाडौँ, १० साउन । लघुवित्त पीडित र प्रहरीबीच बानेश्वरमा झडप भएको छ । लघुवित्तिय संस्था विरुद्धको सङ्घर्ष समिति नेपाल केन्द्रीय समितिले संसद् भवन घेराउ गर्ने क्रममा बुधबार प्रहरीसँग झडप भएको हो ।
विभिन्न माग राख्दै विरोध जुलुससहित संसद् भवनतर्फ अघि बढ्ने क्रममा झडप भएको हो ।
पीडितहरुले लघुवित्तीय संस्थाहरू खारेज गर्न,सामूहिक ऋण मिनाहा गर्न, गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर्न, लगायतका माग अघि सारेका छन् ।