नवराज श्रेष्ठ
रामेछाप,
रामेछापका स्थानीय तह प्रतिनिधि र सरकारी कार्यालयका प्रमुखहरूले नै गरिबी निवारण कोषले सञ्चालन गरेका कार्यक्रम प्रभावकारी नभएको आरोप लगाएका छन् । कोषले एकलौटी ढंगले कार्यक्रम सञ्चालन गर्दा प्रभावकारी नभएको उनीहरूको आरोप छ ।
रामेछापमा २०६३ सालदेखि गरिबी निवारण कोषले भौतिक पूर्वाधार तथा आयआर्जनका लागि काम गरिरहेको छ । कोषले रामेछापका ३४ हजार ७ सय ४ घरधुरी कोषद्वारा सञ्चालित कार्यक्रमबाट लाभान्वित भएको बताइरहँदा सहयोग लिनेहरू भने कोषले नै आपूmहरूलाई ऋणमा डुबाएको बताउँछन् ।
रामेछापमा नौवटा गैरसरकारी संस्थासँगको साझेदारीमा कोषले कार्यक्रम सञ्चालन गरिरहेको छ । तर, गरिबी निवारण कोषको कार्यक्रमप्रति स्थानीय जनप्रतिनिधि र सरकारी कार्यालयका प्रमुख नै अनविज्ञ छन् ।
कोषले विपन्न , कम आए भएका र दलित जनजाति समुदायको जीवन स्तर उकास्न जीविकोपार्जन तथा भौतिक पुर्वाधारको काम गरिरहेको जनाएको । तर कोषको कार्यक्रम प्रभावकारी नभएको सझेदार गैरसरकारी संस्थाका प्रमुखहरु नै असन्तुष्ट छन् । कोषले पनि कार्यक्रम सञ्चालनका क्रममा सरकारी निकायसँग समन्वय हुन नसकेको स्वीकारेको छ ।
रामेछापमा एक हजार पाँच सय सामुदायिक संस्थामार्फत कोषले ४७ करोड रुपैयाँभन्दा बढी रकम समुदायमा पु¥याएको दाबी गरेको छ । यसलाई व्यवस्थित तरवमा परिचालन गरी समुदायको विकासमा प्रयोग गर्न स्थानीय सरकारको ठूलो भूमिका रहेको छ ।




