जनमत प्रवेश गरेको ४ महिनामै किन कारबाहीमा परे कुशवाहा ? | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

जनमत प्रवेश गरेको ४ महिनामै किन कारबाहीमा परे कुशवाहा ?

काठमाडौं, ४ साउन । सिके राउत नेतृत्वको जनमत पार्टीले ४ महिना अघि नेकपा माओवादी परित्याग गरेका शिवचन्द्र कुशवाहासहित ५ जनालाई कारबाही गरेको छ ।

कुशवाहा गत उपनिर्वाचनमा बारा–२ बाट जनमत पार्टी प्रवेश गरेर उम्मेदवार बनेका थिए । उनी जसपाका उपेन्द्र यादवसँग पराजित भएका हुन ।

जनमत पार्टीको अनुशासन समितिले शिवचन्द्र कुशवाहा, गुलाब मण्डल, शंकर खड्का,भोपेन्द्र यादव, भगवान दासलाई साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको हो ।

भोपेन्द्रलाई ३ महिना, मण्डल,खड्का र दासलाई एक वर्षका लागि निलम्बन गरेको बुझिएको छ ।

कुशवाहाले पार्टी अध्यक्षविरुद्ध गुटबन्दी र अनेक लाञ्छना लगाउने काम गरेको पार्टीको आरोप छ । अनुशासनहीनता प्रदर्शन गर्दै पार्टीले जारी गरेको प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);