विपिन र मिरुनाको मुख्य अभिनय रहने ‘उनको स्वीटर’ घोषणा | ईमाउण्टेन समाचार

Our Network

साउन २८ २०८३, शुक्रबार

विपिन र मिरुनाको मुख्य अभिनय रहने ‘उनको स्वीटर’ घोषणा

काठमाडौं, १ साउन । नेपाली चलचित्र ‘उनको स्वीटर’ निर्माण हुने भएको छ । आईतवार काठमाडौंमा एक कार्यक्रमबीच फिल्म निर्माण गर्ने घोषणा गरिएको हो । चलचित्रमा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको मुख्य अभिनय
रहनेछ ।

फिल्म मंसिरको पहिलो साताबाट मात्रै सुटिङ निर्माताहरुले बताएका छन् । चलचित्र विशेष हुने अपेक्षा गरेको अभिनेता कार्कीले बताउनु भयो । फिल्म समसामयिक विषय वस्तुमा र लभ स्टोरीमा आधारित हुनेछ । तिहारपछि मात्रै सुटिङ शुरु हुने चलचित्रलाई नविन चौहानले निर्देशन गर्नुहुनेछ ।

Leave a Reply