आज कहाँ–कहाँ पर्दैछ पानी ? | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८३, मंगलबार

आज कहाँ–कहाँ पर्दैछ पानी ?

काठमाडौं, २० असार । नेपालमा हाल मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ ।कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै र बांकी प्रदेशका एक–दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग महाहाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिक देखी सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

त्यसैगरी, आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ । त्यसैले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ । भारी वर्षा,मेघ–गर्जन÷चट्याङ्ग ,गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply