काठमाडौं, ३ असार । सुदुरपश्चिमका चर्चित लोक दोहोरी तथा देउडा गायक एवं मोडल चक्र बमको नयाँ गीत ‘छमकलि छमछम’को म्युजिक भिडियो सार्वजनिक भएको छ । बमकै शब्द तथा लय रहेको गीतको म्युजिक भिडियो बुधबार उनकै अफिसियल युट्युब च्यानल ‘सानी माया टिभी’ बाट सार्वजनिक गरिएको हो ।
गायक बमलाई माया धामीले स्वरमा साथ दिएकी छन् । उक्त गित गायक बमले देउडा भाकामा बजारमा ल्याएका हुन् ।
बमले मेला, बिबाह, चाडपर्वमा खेलिने देउडाको लयमा सो गित बजार ल्याएका बताउँछन् । उक्त गितको म्युजिक भिडियोमा टिकटकबाट चर्चामा आएकी मिस पबीको अभिनय रहेको छ ।
म्युजिक भिडियोको निर्देशन बिक्रम चौहानले गरेका छन् भने मिलन विश्वकर्माको सम्पादन रहेको छ ।
भिडियो हेर्नुहोस्