एजेन्सी, ३० जेठ । चर्चित डान्स कोरियोग्राफर तथा निर्देशक प्रभु देवा फेरि पिता बनेका छन् । यसबारे जानकारी उनले नै दिएका छन् । प्रभुले आफ्नी श्रीमती डा हिमानीसँगै छोरीलाई स्वागत गरेका छन् ।
टाइम्स अफ इन्डियासँग कुरा गर्दै प्रभु आफैले यो खबरको पुष्टि गरेका हुन् । उनले भने,‘हो, यो सत्य हो। म यो उमेर (५०) मा फेरि बुबा बनेको छु। म धेरै खुसी छु र पूर्ण महसुस गर्छु।’ प्रभुदेवा आफ्नी दोस्रो पत्नी डा.हिमानीसँग विरलै सार्वजनिक रूपमा देखा पर्छन् । प्रभुले आफ्नी छोरी र परिवारसँग बढी समय बिताउन आफ्नो कामको बोझ कम गरेको पनि खुलासा गरे ।
प्रभुदेवले धेरै हिन्दी, तमिल र तेलुगु फिल्महरू निर्देशन गरेका छन्। सलमान खान अभिनित ’राधे’ उनको अन्तिम निर्देशन थियो। पहिलो श्रीमती रामलतासँग सम्बन्धविच्छेद भएको ९ वर्षपछि प्रभुले २०२० मा डा हिमानीसँग दोस्रो विवाह गरेका थिए । प्रभुको पहिलो विवाहबाट ३ सन्तान थिए, जसमध्ये एकको क्यान्सरका कारण मृत्यु भएको थियो । बाँकी दुई सन्तान आमासँगै बस्छन् ।




