कच्चा पदार्थमा वृद्धि गरेको भन्सार महशुल पुरानै कायम गर्न माग | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८३, सोमबार

कच्चा पदार्थमा वृद्धि गरेको भन्सार महशुल पुरानै कायम गर्न माग

काठमाडौं । नेपाल वनस्पति घ्यु तेल उद्योग उत्पादक संघले सरकारले बजेटमार्फत वृद्धि गरेको घ्यु तेल कच्चा पदार्थको भन्सार महशुल १ प्रतिशत कायम गर्न माग गरेको छ ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघले वर्तमान सरकारले बजेटमार्फत विगतमा घ्यु तेलको कच्चा पदार्थ आयातमा लाग्ने भन्सार शुल्क विगतकै कायम गर्न माग गरेको हो । संघका अध्यक्ष विकास दुगडले तेलको कच्चा पदार्थ आयातमा १ प्रतिशत रहेको भन्सार महशुललाई बजेटले १० प्रतिशत बनाउनु उपयुक्त नभएको बताउनु भयो। उहाँले सरकारले तत्काल सच्याउनुपर्ने माग राख्नुभयो । उहाँले भन्सार महशुल बढाउने सरकारको नीतिले २६ वटा घ्यु तेल उद्योग बन्द हुने अवस्था सिर्जना भएको बताउनु भयो। उहाँले भारतबाट चोरी तस्करी भएर खानेतेल भित्रिने गरेको बताउनु भयो । उहाँले नेपाली उद्योगले महँगो भन्सार तिरेर तस्करीको तेलसँग प्रतिष्पर्धा गर्न नसक्ने बताउनु भयो। उहाँले भारत सरकारले कच्चा तेलको भन्सार महशुल घटाएको अवस्थामा नेपाल सरकारले कच्चा तेलको भन्सार बढाउनु उपयुक्त नभएको पनि बताउनु भयो।

त्यस्तै, नेपाल परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले घ्यु तेल उद्योगलाई सरकारले प्रमुख प्राथमिकता दिनुपर्ने बताउनु भयो। उहाँले सरकारले घ्यु तेल उद्योगले राज्यलाई बुझाएको राजश्वको मूल्याङ्कन गर्न नसकेको बताउनु भयो। उहाँले भन्सार महशुल वृद्धिको कारण पनि निर्यात बढ्न नसकेको बताउनु भयो। उहाँले सरकारले घ्यु तेल उद्योगलाई पनि प्राथमिकता दिएर भन्सार महशुलमा बढाउन नहुने बताउनु भयो।

उहाँले घ्यु तेल उद्योगले देशमा रोजगारी सिर्जना महत्वपूर्ण योगदान दिएको भन्दै सरकारले त्यस्ता उद्योगलाई संरक्षण गर्न आवश्यक रहेको बताउनु भयो ।

Leave a Reply