मदन राईमाथि अदालतमा मुद्दा दायर, आजै थुनछेक बहस | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

मदन राईमाथि अदालतमा मुद्दा दायर, आजै थुनछेक बहस

काठमाडौं, २२ जेठ । कृषि विज्ञको रुपमा चिनिएका खोटाङका मदन राईलाई सरकारी वकिलको कार्यालयले बालबालिकामाथि दुव्र्यवहार गरेको अभियोगमा अदालतमा मुद्दा दायर गरेको छ ।

शुभद्रा मदन फाउन्डेसनका संस्थापक समेत रहेका राईलाई यौन दुव्र्यवहार गरेको अभियोगमा केही दिनदेखि प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीविरुद्ध सरकारी वकिलको कार्यालयले आइतबार अदालतमा मुद्दा दायर गरेको हो । आइतबार नै उनको थुनछेक बयान सुरु हुने बुझिएको छ । उनको बयान सकिएपछि राईलाई छाड्ने वा साधारण तारेखमा छाड्ने भन्नेबारे बहस हुनेछ ।

उनीमाथि बालबालिका ऐनको दफा ६६ को उपदफा ३ बमोजिमका विभिन्न कसुर गरेको आरोप लागेको छ ।

राईलाई बालबालिका सम्बन्धि ऐन २०७५ को दफा ६६ को उपदफा ३ (क),(ग),(ङ) कसुर गरेको भन्दै दफा ६७, दफा ७२ र ७५ को ३ (ख) अनुसार सजाय माग गरिएको छ ।

उनीमाथि बालबालिकाहरुलाई यौन कार्यको लागि फकाउने,दबाब दिने वा धम्क्याउने कार्य गरेको अभियोग लागेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);