प्रचण्डसहित १२० जना भारत जाँदै, खर्च कसले व्यहोर्ने ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

प्रचण्डसहित १२० जना भारत जाँदै, खर्च कसले व्यहोर्ने ?

काठमाडौं, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जम्बो टोलीसहित ४ दिने औपचारिक भ्रमणका लागि आज भारत जाँदैछन् । दाहालको भारत भ्रमणमा मन्त्री र सचिवसहित १२० जनाको लावालस्कर आज भारत प्रस्थान गर्ने भएको छ । टोलीमा ६ मन्त्री र ९ सचिवसहित पनि समावेश छन् । प्रधानमन्त्री प्रचण्ड चार दिने औपचारिक भ्रमण सकेर २१ जेठमा स्वदेश फर्कने छन् ।

दाहालले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भारतले ४७ जनाको भ्रमण कोटा दिएको बुझिएको छ । त्यस अनुसार बाँकी ७३ जनाको खर्च नेपालले गर्नुपर्र्नेे भएको छ । प्रधानमन्त्री प्रचण्डसँग उनकी छोरी गंगा दाहाल, राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, प्रेस सल्लाहकार गोविन्द आचार्य, स्वकीय सचिव रमेश मल्ल, निजी चिकित्सक युवराज शर्मा भारत जाने छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका एकएक जना सुरक्षा गार्ड पनि प्रधानमन्त्रीको टीममा परेका छन् ।

मन्त्रीहरुमा परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, कृषि तथा पशुपक्षी विकासमन्त्री डा.बेदुराम भुसाल भ्रमण टोलीमा समावेश रहेका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);