बहुदलीय व्यवस्थाले शिक्षालाई व्यापारको वस्तु बनायोः नेत्रविक्रम चन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८३, शुक्रबार

बहुदलीय व्यवस्थाले शिक्षालाई व्यापारको वस्तु बनायोः नेत्रविक्रम चन्द

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले बहुदलीय व्यवस्थाले शिक्षालाई व्यापारको वस्तु बनाएको बताउनुभएको छ ।

सोमवार विद्यार्थी दिवस र अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बजारमा पुगेको शिक्षाले समानता र अधिकार नहेर्ने बरु नाफा घाटा मात्रै हेर्ने उल्लेख गर्नुभयो । उहाँले २१ औं शताब्दी वैज्ञानिक व्यवस्थापनको शताब्दी रहेको भन्दै यो शताब्दी लुटेराहरुको शताब्दी हुन नसक्ने स्पष्ट पार्नुभयो ।

उहाँले अहिले युवाहरुमा वितृष्णा र निराशा छाएको भन्दै त्यसलाई अब चिर्नेगरी अघि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले नेपालमा मुठीभर मान्छेका छोराछोरीहरुले मात्रै लाखौँ खर्च गरेर पढ्न पाउने र सामान्य नागरिकका छोराछारीले पढ्नै नपाउने अवस्था रहेको बताउनु भयो ।

महासचिव चन्दले देशको उपप्रधान तथा गृहमन्त्री बनेका व्यक्तिहरु दुई कौडीमा विदेशीको लिलाम भइरहेको बताउनु भयो ।

Leave a Reply