काठमाडौं, ३० वैशाख । एक लाख ३२ हजार भोल्टको प्रसारण लाइनको खम्बामा चढेका छन् एक व्यक्ति । यो घटना मोरङको बुढीगंगाको हो ।
डंग्राहाका ४० वर्षीय दिनेश माझीले निर्माण भइरहेको रिटेनिङ वालको काम रोक्न माग गरेका छन् । निर्माण गुणस्तरहीन भएको उनको आरोप छ ।
माझीलाई झार्ने प्रयासमा प्रहरी लागेको छ । तर, उनी मानिरहेका छैनन् । उनले आत्मदाह गर्ने चेतावनी समेत दिएका छन् ।