आरजुका कारण देउवालाई ठूलो धक्का | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ८ २०८१, बिहीबार

आरजुका कारण देउवालाई ठूलो धक्का

काठमाडौं, २९ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई एकपछि अर्को धक्का लाग्दै गएको छ । उनलाई धक्का लाग्नुको मुख्य कारण पत्नी आरजु देउवा हुन् ।

आरजुसँगको विवाहका कारण देउवाले आजसम्मको राजनीतिक उचाई हासिल गरे । राणा परिवारकी विदेशमा पढेकी आरजुको वैदेशिक सम्बन्ध देउवासँग विवाह नहुँदै सुमधुर थियो । जसका कारण देउवाले धेरै उपलब्धि हासिल गर्न सके ।

जसले देउवालाई राजनीतिक उचाई दिलाउन मुख्य भूमिका खेल्न सक्यो अहिले तिनै उनको भावी राजनीतिमा संकटको बादल बनेकी छिन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि आरजु कुनैपनि बेला पक्राउ पर्नसक्ने चर्चा छ ।

यो प्रकरणसँग जोडिएको पैसासँम्बन्धी एउटा अडियो प्रहरीकोमा पुगेको छ । यसले पनि नयाँ तरंग ल्याएको छ ।

देउवा शक्तिमा हुँदा भएका कतिपय आर्थिक मामलामा आरजु मछिइन् । अहिले यी विषय एकपछि अर्को गरी सतहमा आइरहेका छन् । कुनैपनि बेला आरजु पक्राउ परेमा देउवालाई ठूलो धक्का लाग्न सक्छ ।

काँग्रेसभित्रको शेखर कोइराला पक्ष अहिले शरणार्थी प्रकरण उचालिरहेको छ । यो धेरै उचालिएमा देउवालाई ठूलै क्षति पुग्न सक्छ ।-File Photo

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);