एजेन्सी, २८ वैशाख । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पक्राउलाई त्यहाँको सर्वोच्च अदालतले गैरकानूनी ठहर गरेको छ । आज अदालतले उनलाई तत्काल रिहा गर्न आदेश समेत जारी गरेको छ ।
भ्रष्टाचारको अभियोगमा खानलाई पक्राउ गरिएको थियो । त्यहाँको नेस्नल एकाउन्टेबिलिटी ब्यूरोको कदमलाई खानको कानूनी टिमले चुनौती दिदै रिट दायर गरेको थियो ।
खान पक्राउ परेपछि पाकिस्तानमा हिंसा भड्किएको थियो । विरोधमा उनका समर्थकहरुले प्रदर्शन गरेपछि स्थिति अनियन्त्रित हुन थालेको थियो ।
क्रिकेट स्टारबाट राजनीतिमा लागेका इमरान खान तरिक ई इन्साफ पार्टीका अध्यक्ष पनि हुन् ।