काठमाडौं, २८ वैशाख । आज दिउँसो कर्णाली प्रदेश, गण्डकी प्रदेश, वागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरुमा सामान्य हावा हुरीको सम्भावना रहेको छ । आज राति देशभर मौसम सामान्यतया सफा रहनेछ ।




