काठमाडौं, १७ वैशाख । मुलुकको पुरानो वीर अस्पतालको भौतिक पूर्वाधार जीर्ण भइसकेका छन् । नयाँ भवन बनेपनि पुरानो भवन पनि सञ्चालनमा छ ।
दैनिक हजारौंले उपचार गर्ने वीरको भवन जीर्ण हुँदा पनि बेवास्ताको परिणाम आज देखिएको छ । पुरानो भवनको छत खस्दा चार जना घाइते भएका छन् । उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
वीर अस्पतालमा नयाँ भवनहरु पनि बनेका छन् । तर, पुरानो संरचना पनि उपयोगमा ल्याइएको छ । अस्पताल जीर्ण बन्दा पनि बेवास्ता हुँदा दुर्घटनाको खतरा बढेको छ ।




