पोखरा महानगरपालिकाको १८ नम्बर वडामा पुनः मत गणना हुने | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

पोखरा महानगरपालिकाको १८ नम्बर वडामा पुनः मत गणना हुने

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १८ को वडाध्यक्ष पदको निर्वाचनको मत गणना पुनः हुने भएको छ ।

उच्च अदालत पोखराले दिएको आदेशलाई सर्वाेच्च अदालतले सदर गरेपछि पोखरा १८ मा पुनः मतगणना हुने भएको हो । सर्वोच्चले फैसला तत्काल कार्यान्वयन गर्न पनि अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

यस वडामा निर्वाचन आयोगले कांग्रेसका शिवप्रसाद तिमिल्सिना ३ मतले विजयी भएको घोषणा गरेको थियो । तर, एमाले उम्मेदवार पुस्कलबहादुर थापाले आफू ९ मतले विजयी भएको दाबी गर्दै पुनः मतगणनाको माग गरेका थिए । उक्त माग राख्दै थापा गत जेठ १८ गते उच्च अदालतमा निवेदन दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);