काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारविरुद्ध आफूहरूले शून्य सहनशीलता अपनाउने बताउनु भएको छ ।
वैशाख १० मा हुने उपनिर्वाचनमा चितवन २ बाट उम्मेदवार बन्नु भएका लामिछानेले शनिबार भरतपुरमा आयोजित चुनावी सभामा यस्तो बताउनु भएको हो ।
सबैभन्दा पहिले पार्टी भित्रको आन्तरिक लोकतन्त्र बलियो हुनुपर्ने भन्दै सभापति लामिछानेले खराब काम गर्ने मान्छेलाई स्थान दिनु हँदैन भन्ने अवधारणा लिएर आएको बताउनु भयो । लामिछानेले घुस खाएको प्रमाणित भए मात्र नभई घुस खाने सपनामा मात्र सोच्यो भने पनि कारबाही गर्ने चेतावनी दिनुभयो ।
उहाँले पार्टीमा जोडिएकाहरु बाटो बिराउँदैनन् भन्नेमा विश्वस्त रहेको भन्दै बाटो बिराए कसैलाई पनि जोगाउन नलाग्ने बताउनु भयो । घण्टी चिन्ह बोक्दैमा ईमान्दार नभईने उहाँको भनाई थियो । उहाँले अहिले आफूले जित्ने परिस्थिती देखेर अत्तालिएका दलहरु सबै मिलेर आफ्नो पार्टीको विरुद्धमा लागेको आरोप समेत लगाउनुभयो ।