संसदीय समिति बनाएर रास्वपाको ‘कोर टीम’ पत्ता लगाउन धनराज गुरुङको माग | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८१, सोमबार

संसदीय समिति बनाएर रास्वपाको ‘कोर टीम’ पत्ता लगाउन धनराज गुरुङको माग

काठमाडौं । नेपाली काँग्रेसका सांसद धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठलाई छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गर्नुभएको छ ।

सोमवारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद श्रेष्ठले सांसदले गरेको भ्रष्टाचार र कमिसनमा प्रतिनिधि सभा चुप लागेर बस्नु नहुने बताउनु भयो । उहाँले सांसद श्रेष्ठलाई छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गर्नुभयो । त्यस्तै श्रेष्ठले सभापति रवि लामिछानेको ‘कोर टीम’ लाई बुझाउनका लागि पैसा चाहिएको भनेको भन्दै सो ‘कोर टीम’ को हुन् भन्ने विषयमा पनि छानबिन हुनुपर्ने बताउनु भयो ।

त्यस्तै सांसद गुरुङले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पु¥याउने भन्दै करोडौँ रकम लेनदेन गरेको समाचार बाहिरिएकोप्रति पनि सरकारले छानबिन गर्नुपर्ने बताउनु भयो ।

सो प्रकरणमा ठूला नेताहरुको नाम जोडिएको उल्लेख गर्दै उहाँले जति ठूला नेताको नाम जोडिएपनि कानूनी कठघरामा ल्याउनुपर्ने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);