पर्वहरुले समुदायहरुबीचमा मेलमिलापको भावना विकास गर्छः उपराष्ट्रपति | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

पर्वहरुले समुदायहरुबीचमा मेलमिलापको भावना विकास गर्छः उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले रमजान पर्वको अवसरमा देश तथा विदेशमा रहनुभएका इस्लाम धर्मावलम्वीहरुलाई शुभकामना दिनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित रमजान (रोजा) समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सम्पूर्ण मुस्लिम समुदायलाई पर्वको शुभकामना दिनुभएको हो । उहाँले रमजान (रोजा) पर्वको विशेष महत्व रहेको बताउनु भयो । उहाँले आम नागरिकहरुलाई धार्मिक कार्यमा लागिपर्न आग्रहसमेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘रोजा महिनाको विशेष महत्व छ । धार्मिक कार्यमा लागिपर्न आग्रह गर्दछु । रोजा पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबैमा शुभकामना व्यक्त गर्छु ।’

उपराष्ट्रपति यादवले पर्वहरुले समुदायहरुबीचमा मेलमिलापको भावना विकास गर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);