सिद्धबावा क्षेत्रको राजमार्ग दैनिक नौ घण्टा बन्द हुने | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ९ २०८१, शुक्रबार

सिद्धबावा क्षेत्रको राजमार्ग दैनिक नौ घण्टा बन्द हुने

काठमाडौं २० चैत्र । सिद्धार्थ राजमार्गको सिद्धबावा क्षेत्रको राजमार्ग दैनिक नौ घण्टा बन्द हुने भएको छ । सुरुङ मार्ग निर्माणको प्रारम्भिक काम गर्न राजमार्ग बन्द गरिने भएको हो । सिद्धार्थ राजमार्गको सिद्धबावा क्षेत्रमा सुरुङ मार्ग निर्माण गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्न पुनः सडक दैनिक नौ घण्टा बन्द गरिने जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

सुरुङ मार्ग निर्माणको जिम्मा पाएको निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनको माग अनुसार चैत्र २१ गतेदेखि राजमार्ग बन्द गरिने भएको हो । अर्को सूचना नभएसम्मका लागि सडक बिहान ११ बजेदेखि २ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुनेछ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);