भारतमा ग्लाइडर विमान ठोक्कियो, पाइलटसहित दुई घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८२, शुक्रबार

भारतमा ग्लाइडर विमान ठोक्कियो, पाइलटसहित दुई घाइते

एजेन्सी, १० चैत्र । झारखण्डको धनबाद जिल्लामा बिहीबार राति एउटा ग्लाइडर विमान उडेको केही समयमै दुर्घटनाग्रस्त भएको छ । घटना बिरसा मुण्डा पार्क नजिकै भएको हो । टेक अफ पछि, ग्लाइडर विमान घरको पर्खालमा ठोक्किएको हो । पाइलट र एक बच्चा गम्भीर घाइते भएका छन् । घाइते दुवैलाई अस्पतालमा भर्ना गरिएको छ भने दुवैको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएको छ ।

बिर्सा मुण्डा पार्क नजिकैको एक भवनमा बिहीबार ग्लाइडर विमान ठोक्किएर पाइलट र यात्रु घाइते भएको एक प्रहरीले बताएका छन् । विमान पाइलट र एक बच्चालाई लिएर धनबादबाट कोयलाञ्चलको हवाई भ्रमणका लागि प्रस्थान गरेको थियो ।

दिउँसो ४ः५० बजे बरवडा हवाईपट्टीबाट उडेको केही समयमै ग्लाइडर भवनमा ठोक्किएको बारबड्डा प्रहरीले जनाएको छ । यात्रुको पहिचान पटना निवासी कुश सिंह (१४) भएको छ, जो धनबादमा आफ्नो मामा पवन सिंहको घर आएका थिए । केटा बरवडा हवाई पट्टीबाट निजी एजेन्सीले सञ्चालित ग्लाइडरमा बसेका थिए।

ग्लाइडर विमानमा पाइलट र एकजना यात्रु मात्रै दुई जना बस्ने सुविधा हुन्छ । दुर्घटनाको कारण भने खुल्न नसकेको एक प्रहरी अधिकृतले बताए । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।

Leave a Reply