राष्ट्रपतिमा पौडेललाई जिताउन कांग्रेसले खटायो पदाधिकारी | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८१, शनिबार

राष्ट्रपतिमा पौडेललाई जिताउन कांग्रेसले खटायो पदाधिकारी

काठमाडौं, १८ फागुन । आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेसले पदाधिकारी फिल्डमा खटाएको छ । राष्ट्रपति चुनावको प्रचारप्रसार र प्रदेश सभा सदस्यसँग अन्तक्रिर्या गर्न सभापति

शेरबहादुर देउवा निवास धुम्बाराहीमा बुधबार बसेको बैठकले पदाधिकारीहरूलाई सातै प्रदेशमा खटाउने निर्णय गरेको हो । पार्टीले सातै प्रदेशका पार्टी सभापतिहरुलाई पनि चुनावमा खट्न जिम्मेवारी दिएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयको अनुसार कोशी प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्मा, मधेश प्रदेशमा सहमहामन्त्री फरमुल्लाह मन्सुर, बागमती प्रदेशमा महामन्त्री गगन थापा, गण्डकी प्रदेशमा उपसभापति धनराज गुरूङ, लुम्बिनी प्रदेशमा सहमहामन्त्री किशोरसिंह राठौर, कर्णाली प्रदेशमा उपसभापति पूर्णबहादुर खड्का र सुदूरपश्चिम प्रदेशमा सहमहामन्त्री बद्री पाण्डेलाई खटाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);