डा.सन्दुक रुइत इशा अवार्डबाट सम्मानीत | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

डा.सन्दुक रुइत इशा अवार्डबाट सम्मानीत

काठमाडौं । झण्डै तीन दशकयता निरन्तर ‘मानवताका लागि सेवा’ गरेबापत नेत्र चिकित्सक डा.सन्दुक रुइतलाई बहराइन सरकारका तर्फबाट राजा हमाद बिन इसा अल खालिफाले प्रतिष्ठित इशा अवार्ड प्रदान गर्नुभएको छ ।

मंगलबार राजधानी मनामास्थित इशा सांस्कृतिक केन्द्रमा आयोजित विशेष समारोहमा राजा हमाद बिन इशा अल खालिफाले १ मिलियन डलर राशि(झन्डै १४ करोड रुपैयाँ)को पुरस्कार तथा सम्मान डा.रुइतलाई प्रदान गर्नुभएको हो ।

राजा हमाद बिन इशा अल खालिफाले ’लोकहितकारी कामको अर्थमा डा रूइतले सबैभन्दा योग्य, अमूल्य र प्रभावकारी काम’ गर्दै आएको बताउनुभयो । इशा अवार्ड कमिटीका अध्यक्ष सेख मोहम्मद बिन मुबारक अल खलिफाले पनि डा रुइत मानवहितकारी अर्थमा संसारकै लागि उदाहरण रहेको उल्लेख गर्नुभयो ।

२००९ मा स्थापित यो सम्मान हरेक दुइ वर्षमा ‘मानवताका लागि सेवा’ गर्ने विश्वभरकै व्यक्ति/संस्थालाई प्रदान गरिँदै आएको छ । तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा.रुइतले ‘विकासोन्मुख मुलुकका नागरिकमा रहेको अन्धोपनाको उपचारमा गरेको निरन्तरको प्रयत्नका निम्ति’ बहराइन सरकारले यो विशिष्ट सम्मान प्रदान गरेको हो ।

कार्यक्रममा संक्षिप्त प्रतिक्रिया दिँदै डाक्टर रुइतले यो सम्मान आफ्ना अन्तर्राष्ट्रिय तहका सहयोगी र साझेदार तथा आँखा उपचारमा आएका सम्पूर्ण बिरामीहरुमा अर्पण गर्न चाहेको बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);