काठमाडौं, १४ पुष । यातायात व्यवसायीहरुले यातायाताको भाडा बढाउन सरकारलाई दवाव दिएका छन ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायातको भाडा बढाउने पूर्वसहमति कार्यान्वयन गर्न सरकारलाई दवाव दिएको हो । माघ १७, १८ र १९ गते महासंघको राष्ट्रिय अधिवेशन हुँदैछ । सोही अधिवेशनको तयारीका लागि शुक्रबार काठमाडांैमा आयोजना गरिएको केन्द्रिय परिषद भेलामा बोल्दै महासंघका अध्यक्ष सरोज सिटौलाले वैज्ञानिक भाडादर कायम गर्न सरकारलाई दवाव दिए । उन्ले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै यातायाताको भाडादर बढाउनु स्वभाविकै हुने तर्क समेत गरेका छन ।
महासंघले सरकारले दसैंपछि नै भाडादर बढाउने आश्वासन दिएपनि त्यसको कार्यान्वयन नगरेको गुनासो गर्दै आएको छ । महासंघका अध्यक्ष सिटौलाले मूल्यवृद्धिको आधारमा यातायातको भाडादर बढाउने दायित्व यातायात व्यवस्था विभागको भएको पनि स्पष्ट पारेका छन ।
महासंघले आगामी महाधिवेशनपछि संघीय संरचना अनुसार नै महासंघको संगठनात्मक संरचना बनाउने पनि जनाएको छ ।