नेपाल कानून समाज ४१औं वर्षमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

नेपाल कानून समाज ४१औं वर्षमा प्रवेश

काठमाडौं । २०३८ सालमा स्थापना भएको नेपाल कानून समाज ४१औं वर्ष प्रवेश गरेको छ ।

यस अवसरमा समाजले कानूनी राज, लोकतन्त्र र स्वतन्त्र न्यायपालिकाको विकासको लागि निरन्तर प्रयास गर्दै आएको स्मरण गर्दै भावी दिनमा समाजको भूमिकालाई थप व्यवस्थित, परिमार्जित र परिणाममुखी बनाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

कानूनी राज, लोकतन्त्र र स्वतन्त्र न्यायपालिकाका लाभहरु तृणमूल स्तरका जनसाधारण सम्म पुग्नु पर्ने यस समाजको विश्वास छ ।

संविधानसभाबाट जारी भएको संविधान र यसले परिकल्पना गरेको समावेशी लोकतन्त्रको संस्थागत विकास र सुदृढिकरणका लागि राज्यका तीनै अंग, नागरिक समाज र सरोकारवालाहरु सबैले आफ्ना विगतप्रति निर्मम समीक्षा गर्दै कमजोरी नदोहो¥याउन र सकारात्मक पक्षको सम्बद्र्धन गर्न संकलपरत रहने यो समाजको उद्देश्य हातेमालो गर्न सम्बन्धित सबैमा अपील समेत गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);