काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले आफूले पाएको पदीय जिम्मेवारी इमान्दारिताका साथ निभाउने प्रतिवद्धता व्यक्त गरेकी छन् ।
उपसभामुखमा निर्वाचित भएपछि सञ्चारकर्मीमाझ प्रतिक्रिया दिँदै उहाँले विपक्ष दलका सांसदहरुले समेत उठाएका विषयहरुमा सभामुखसँग सहकार्य गरेर सम्बोधन गर्न आफ्नो इमान्दार प्रयास रहने बताएकी हुन् ।
उपसभामुख रानामगरले संविधानले दिएको अधिकार भित्र रहेर संसदको कामलाई अझ बढि प्रभावकारी, मर्यादित र सुसंस्कृत बनाउन पहल गर्ने पनि बताइन् । नेपाली जनताको हक, अधिकारीलाई निडर र अविचलित भएर स्थापित गराउन आफूले काम गर्ने उनको भनाई थियो । साथै, उनले संवैधानीक परिषदमा आफुले निडर भएर तटस्थ भुमिका खेल्ने समेत बताइन् ।
उपसभामुख मगरले आफू ठूलो परिवारमा आएको उल्लेख गर्दै त्यसको गरिमालाई कायम राख्दै अघि बढने बताइन् ।




