माउण्टेन टेलिभिजन एचडी । पछिल्लो समय भएको वाणिज्य बैंकहरुको बिग मर्जरपछि नेपालका पूर्वगभर्नरहरुको मिश्रित धारणा सार्वजनिक भइरहेका छन् ।
पूर्वगभर्नरहरुबाट बैंकहरुको बिग मर्जरले नेपालको बैंक तथा वित्तीय क्षेत्रमा देखिने प्रभावका विषयमा फरक–फरक धारणा आउनुलाई चासोका साथ हेरिएको छ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा.चिरञ्जीवि मर्जरबाट बैंक तथा वित्तीय संस्थाको पुँजीको आधार बिस्तार भई जोखिम वहन गर्नसक्ने क्षमता बढ्ने बताउनु भयो । उहाँले सानो पुँजीको आधार भएका धेरै संख्याका बैंक तथा वित्तीय संस्थाहरूको सट्टामा थोरै संख्यामा सबल र सक्षम बैंक तथा वित्तीय संस्था कायम हुने उहाँको विश्लेषण छ ।
तरपूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको मर्जरप्रति फरक मत छ । बैंक तथा वित्तीय संस्थाहरु बिग मर्जरमा हुँदा समाजवादोन्मुख अर्थतन्त्रमा मद्दत नपुग्ने उहाँको ठम्याइ छ । उहाँले थोरै बैंक धेरै सेवासुविधा पाउनुपर्ने भएकाले समाजवादोन्मुख अर्थतन्त्रमा बिग मर्जरले मद्दत नगर्ने उल्लेख गर्नुभयो । उहाँले मर्जरबाट बैंकको मध्यस्ताको लागत कम हुँदा उपभोक्ताले त्यही अनुसारको लाभ पाउनुपनमा चुनौति रहेको बताउनु भयो । बैंकहरु धेरै बलियो भएपनि नियामक निकायकोे निर्देशन भन्दा बाहिर जान नसक्ने पुर्व गभर्नर क्षत्रीको विश्लेषण छ ।
पूर्वगभर्नर क्षेत्रीले थोरै बैंक भएपछि एकाधिकार कायम राख्ने,बैंकको स्वार्थको निम्ति मात्रै जान सक्ने भएपछि लगानीकर्ता र निक्षेपकर्तालाई अन्यायमा पार्नसक्ने औल्याउनु भयो ।